१० बैशाख २०८३, बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताको नयाँ चरण आगामी केही दिनभित्र हुने बताएका छन् । अलजजिराका अनुसार पाकिस्तानको परराष्ट्र मन्त्रालय स्रोतले इस्लामाबादले ती वार्ताहरू आयोजना गर्ने प्रस्ताव गरेको छ। दुईदिनभित्र दोस्रो चरणको वार्ता गर्ने तयारी रहेको छ ।
अमेरिकी प्रतिनिधिमण्डलका ‘अत्यधिक मागहरू’ र ‘राजनीतिक इच्छाशक्तिको अभाव’का कारण गएको सप्ताहन्तमा कुनै सहमति हुन नसकेको इरानले बताएको छ ।


अर्कोतर्फ अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जर्जिया विश्वविद्यालयमा आयोजित टर्निङ पोइन्ट यूएसएका रूढीवादी समर्थकलाई सम्बोधन गर्दै इरानसँगको जारी तनावबारे चर्चा गरेका छन्।
भान्सले स्वीकार गरे कि वाशिङ्टन र तेहरानबीच अझै पनि अविश्वास रहेको छ जुन “एकै रातमा समाधान हुन सक्दैन” । तर उनले सम्भावित वार्ताप्रति आशावादी रहेको बताएका छन्।