एप्पल कम्पनीलाई एकैदिनमा ७५ अर्बको नोक्सान

होमल्याण्ड खबर

२०७५ पुष २० गते, शुक्रबार १२:१२ मा प्रकाशित

प्रविधिको अत्यन्तै चलेको विशाल कम्पनी एप्पलले बिहीबार मात्रै ७५ अर्ब डलर घाटा बेहोर्नु परेको छ ।

अमेरिकामा सार्वजनिक सेयर खरिद–बिक्री गर्ने सबैभन्दा ठूलो कम्पनी एप्पलले भारी नोक्सान व्यहोरेको हो ।

वाल स्ट्रिटमा बिहीबार एप्पलको सेयर मूल्य १० प्रतिशतसम्म गिरावट आएको बीबीसीले जनाएको छ । आफ्नो सेयरमा गिरावट आएपछि यो दोष चीनलाई लगाइएको छ ।

उसलाई एक होइन, तीन कम्पनीले उछिनेका छन् । पहिलोबाट चौथो स्थानमा पुगेको एप्पललाई माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व रहेको अल्फाबेटले पछि पारेका हुन् ।