९ मंसिर २०८१, आईतवार
एजेन्सी । जर्मनीमा हप्तौँ पहिला साइबर आक्रमण भएको थियो । सोही आक्रमणमा रुस तथा दक्षिणपन्थी समूहको हात रहेको शंका गरिएको छ ।
शंका गरिए पनि त्यसको प्रमाण भने अहिलेसम्म नभेट्टाइएको जर्मनीको गृह मन्त्रालयले जनाएको छ । जर्मनीको साइबर सुरक्षा हेर्ने निकायले भने आफ्नो देशमा भएको र्साबर हमलाको बचाउ गरेको छ ।
शुक्रबार भएको साइबर हमलामा जर्मन चान्सलर एन्जेला मर्केलसहित सयौँ नेता, पत्रकार तथा फरक–फरक क्षेत्रका व्यक्तिको व्यक्तिगतजानकारी सार्वजनिक भएको थियो ।