भेनेजुयला भूकम्प अपडेट : १ लाख मानिसको मृत्यु, आपतकाल घोषणा

होमल्याण्ड खबर

२०८३ असार ११ गते, बिहीबार ११:४४ मा प्रकाशित

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशमा आपत्कालीन अवस्था घोषणा गर्दै क्षतिग्रस्त सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको जानकारी दिएकी छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस)ले आफ्नो ‘पेजर’ मोडेलका आधारमा मृतक संख्या १० हजारदेखि १ लाखसम्म पुग्न सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ, यद्यपि आधिकारिक रूपमा हताहतको यकिन विवरण आएको छैन ।

गृहमन्त्री डियोस्दादो काबेलोका अनुसार धेरै भवन भत्किएका छन् र पराकम्प जारी रहेकाले नागरिकहरूलाई भवन तथा अन्य संरचनाबाट टाढा खुला स्थानमा बस्न आग्रह गरिएको छ ।

चाकाओ नगरपालिकामा हालसम्म १८ जनाको जीवित उद्धार गरिएको छ भने ५०० भन्दा बढी उद्धारकर्मी खोज तथा राहत कार्यमा खटिएका छन् ।

इक्वेडर, पनामा र अमेरिकाले भेनेजुएलालाई मानवीय सहायता तथा खोज–उद्धार सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।

सरकार देशभर भएको क्षतिको मूल्याङ्कन र उद्धार कार्यमा केन्द्रित छ ।

अहिले आपतकाल धोषणा गरिएको छ ।