अमेरिकाद्वारा इरानका ८० सैन्यस्थलमा हवाई आक्रमण

होमल्याण्ड खबर

२०८३ असार २४ गते, बुधबार १०:०६ मा प्रकाशित

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टम)ले इरानविरुद्धको पछिल्लो सैन्य कारबाही सम्पन्न भएको र ८० भन्दा बढी सैन्य लक्ष्यमा सटीक हतियार प्रयोग गरी आक्रमण गरिएको जनाएको छ।

सेन्ट्रल कमान्डले इरानका हवाई प्रतिरक्षा प्रणाली, कमाण्ड एन्ड कन्ट्रोल नेटवर्क। तटीय राडार केन्द्रहरू, जहाजविरोधी मिसाइल प्रणाली, इरानी सेना आइआरजिसीका स्ट्रेट अफ हर्मुज वरपर रहेका ६० भन्दा बढी साना डुङ्गामा आक्रमण गरेकाे छ । अमेरिकाका अनुसार यी आक्रमणहरू हर्मुज जलडमरूमध्यबाट गुज्रिरहेका तीनवटा व्यावसायिक जहाजमाथि भएको कथित इरानी आक्रमणको प्रतिकारस्वरूप गरिएका हुन्।

साथै, यस कारबाहीको उद्देश्य अन्तर्राष्ट्रिय व्यापारिक जलमार्गमा इरानले आक्रमण गर्ने क्षमता कमजोर बनाउनु रहेको सेन्टमले जनाएको छ। तर इरानले ती तीन जहाजमाथिको आक्रमण आफूले गरेको भन्ने आरोपलाई अहिलेसम्म पुष्टि वा खण्डन गरेको छैन। यसैबीच, इरानी सैन्य नेतृत्वले अमेरिकी कारबाहीलाई “स्पष्ट आक्रामकता” भन्दै कडा प्रतिकार गर्ने चेतावनी दिएको छ।