३० असार २०८३, मंगलवार
अमेरिकी सेनाले इरानभित्र रहेका विभिन्न सैन्य ठेगानाहरूमा नयाँ चरणको आक्रमण पूरा गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले यस अपरेशनका क्रममा इरानका दर्जनौं ठेगानाहरूमा बमबारी गरिएको जनाएको छ।
अमेरिकी सेनाले यस कारबाहीमा अत्याधुनिक हतियारहरूको प्रयोग गरी विभिन्न स्थानमा रहेका इरानी सैन्य संरचनाहरूलाई निशाना बनाएको छ।


यस सैन्य अपरेशनका क्रममा अमेरिकी फाइटर जेट, नौसैनिक जहाज र ड्रोनहरूले इएयर डिफेन्स सिस्टम, तटीय राडार प्रणाली र साना लडाकु डुङ्गाहरूमाथि आक्रमण गरेका छन्।