चीन पुगे उत्तर कोरियाली नेता किम

होमल्याण्ड खबर

२०७५ पुष २४ गते, मंगलवार १२:५७ मा प्रकाशित

उत्तर कोरियाका नेता सोमबार चीन भ्रमणमा निस्केका छन् ।

चीनका राष्ट्रपति सि जिनफिङको निमन्त्रणामा उत्तर कोरियाका नेता किम जोङ उन फेरि चीन भ्रमणमा निस्केका हुन् ।

उत्तर कोरियाको सरकारी सञ्चार संस्था केसीएनएले सोमबार किम चीन भ्रमणमा निस्केको पुष्टि गरेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार सम्भवतः किम रेलमार्फत चीनतर्फ गइरहेका छन् । यसअघि पनि किम रेल चढेरै चीन पुगेका थिए । श्रीमती री सोल जु संगै किम ७ देखि १० जनवरीसम्म चीनमा रहने बताइएको छ ।

शिखर बैठकको मुख्य एजेन्डा नै दुई देशबीच छलफलको हुने अनुमान गरिएको छ ।