प्रधानसेनापति सिग्देल चीन प्रस्थान

होमल्याण्ड खबर

२०८३ भाद्र २८ गते, आईतवार १३:५० मा प्रकाशित

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् ।

२८ भदौदेखि ३ असोजसम्म उनी चीन भ्रमणमा रहने सैनिक मुख्यालय जंगी अड्डाले बताएको छ ।

भ्रमणका क्रममा उनले बेइजिङमा आयोजना हुने १३औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउने कार्यक्रम छ ।

भ्रमणमा जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले बिदाइ गरेका थिए ।