त्रिपुरेश्वरमा बसमा आगलागी

होमल्याण्ड खबर

२०८३ आश्विन ५ गते, सोमबार १३:४७ मा प्रकाशित

काठमाडौँको त्रिपुरेश्वर चोकमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले रिद्धिसिद्धी यातायातको बसमा चालकले आफैँ आगो लगाएको जानकारी दिए ।

आगोमा परेर घाइते भएका चालकलाई उपचारका लागि कीर्तिपुरस्थित वर्न अस्पतालमा पठाइएको एसएसपी घिमिरेले बताए । के–कति कारणले आगो लगाउन खोजिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगोलागी भएको बस र चालकको विवरण भने खुलेको छैन ।