एमाले केन्द्रीय कमिटी बैठक सुरु

होमल्याण्ड खबर

२०८३ आश्विन ५ गते, सोमबार १३:४५ मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा पार्टीको सचिवालय बैठकले तय गरेका एजेन्डामाथि छलफल भइरहेको छ।

साेमबार बिहान बसेको सचिवालय बैठकका एजेण्डामा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयहरू तय भएका छन् ।

साथै निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन पनि केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने बताइएको छ।