भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

होमल्याण्ड खबर

२०८३ आश्विन १६ गते, शुक्रबार १६:३५ मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।

भाषा आयोग ऐन, २०७४ बमोजिम आयोगले तयार गरेको वार्षिक प्रतिवेदन कार्यवाहक अध्यक्ष न्यौपानेले शुक्रबार राष्ट्रपति पौडेलसमक्ष पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।