अमेरिकी सेना इरानको सीमाबाट १ हजार किलोमिटर पछि हट्यो – इरान

होमल्याण्ड खबर

२०८३ आश्विन १९ गते, सोमबार १०:४७ मा प्रकाशित

 इरानी रिभोलुसनरी गार्ड्स (आइआरजिसी) का वरिष्ठ कमान्डर रियर एडमिरल अली फदावीले अमेरिकी सेनालाई इरानको सीमाबाट करिब १ हजार किलोमिटर टाढा पछाडि हट्न बाध्य बनाएको बताएका छन्।

सरकारी सञ्चारमाध्यम प्रेस टिभीसँगका अनुसार फदावीले अमेरिकी सेना आफ्नै इच्छाले नभई इरानी शक्ति र आइआरजिसीको दबाबका कारण पछि हटेको बताएका हुन्।

उनले पहिलोपटक फारसको खाडी, होर्मुज जलडमरूमध्य, ओमान सागर र उत्तरी हिन्द महासागरमा समेत अहिले कुनै अमेरिकी युद्धपोत नरहेको दाबी गरे।

अमेरिकी युद्धपोतहरू आइआरजिसीबाट आक्रमणका लागि “१०० प्रतिशत जोखिममा” रहेको पनि उनले बताए।

फदावीको यस्तो दाबीबीच अमेरिकाले इरानी बन्दरगाहमाथि कडा नौसैनिक नाकाबन्दी जारी राखेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार जुलाईयता नाकाबन्दीको कार्यान्वयन सुनिश्चित गर्न १२५ व्यावसायिक जहाजको मार्ग परिवर्तन गरिएको छ।