९ मंसिर २०८१, आईतवार
आइफोनको नयाँ मोडल एक्सआर मोल १९२ डलरसम्म घटेको छ । चीनमा बिक्री कम भएपछि त्यहाँको स्मार्ट फोन बिक्रेताले १९२ डलरसम्म घटाएर दिन थालेका हुन् ।
चीनको ठूलोमध्येको एक सनिङले १२८ जीबीको आइफोनको मोल १०३६ डलर राखेकामा ८५८ डलरमै बिक्री गरेको हो ।
मूल्य बढी भएका कारण यो आइफोनको बिक्री निकै कम भइरहेको छ । स्थानीय हुवावे कम्पनीको स्मार्टफोनको तुलनामा आइफोन निकै महंगो भएकाले पनि बिक्री घटेको आर्थिक विश्लेषकहरु बताउँछन् ।
चीनमा अनलाइन बिक्रेताले पनि आइफोन एक्सआरको मुल्यमा कमी ल्याएका छन् । एक बिक्रेताले २५६ जीबीको आइफोन एक्सएस म्याक्सलाई १६२८ बाट घटाएर १४३६ डलर बनाएको छ ।
यसरी मोल घटाउँदासमेत यसको मूल्य निकै महंगो भएको बताइएको छ । यही आइफोन अमेरिकामा भने १२४९ डलरमा पाइन्छ । चीनमा अमेरिकामा भन्दा १८७ डलर महंगो भएको हो ।
सन् २०१७ को तुलनामा २०१८ मा आइफोनको बिक्रीमा ५ प्रतिशतले कमी आएको छ ।