दक्षिण फिलिपिन्समा ५.९ म्याग्निच्युडको भूकम्प

होमल्याण्ड खबर

२०७५ माघ २ गते, बुधबार १६:०४ मा प्रकाशित

दक्षिण फिलिपिन्समा बुधबार ५.९ म्यानिच्युडको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे सो भूकम्प गएको थियो ।

सो भूकम्पको केन्द्रबिन्दु दाभाओ ओरिएन्टल प्रान्तको जेनेरोसो सहरबाट १ सय ४९ किलोमिटर दक्षिणपूर्वमा ४८ गहिराइमा रहेको त्यहाँको भू विज्ञान विभागले जानकारी दिएको छ ।

भूकम्पको कारण मानवीय तथा भौतिक क्षतिको भने हालसम्म कुनै समाचार प्राप्त नभएका विभागले जानकारी दिएको छ ।

भूकम्पपछि फिलिपिन्सको दक्षिण द्वीप मिन्दानाओमा समेत यस भूकम्पको कम्पन महसुस गरिएको थियो ।