किमका विश्वास पात्र ट्रम्पलाई भेट्न अमेरिका पुगे

होमल्याण्ड खबर

२०७५ माघ ४ गते, शुक्रबार ११:४५ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उनका विश्वास पात्र किम योङ चोल अहिले अमेरिका पुगेका छन् ।

चोलले किमको चिठ्ठी लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पुर्याउन अमेरिका पुगेका हुन् । चोलको अमेरिकी अधिकारीसँग भेटघाट हुने बताइएको छ ।

यो वर्ष नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो वार्ताको तयारी भइरहेको छ। त्यही तयारीका लागि चोल अमेरिका पुगेको बीबीसीले उल्लेख गरेको छ।

उत्तर कोरिया र अमेरिकाबीच पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा भएको थियो। त्यसपछि उत्तर कोरियाले परमाणु निशस्त्रीकरणको काम गरिरहेको छ।

चोलले अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओसँग शुक्रबार भेट गर्ने तयारी रहेको छ।