९ मंसिर २०८१, आईतवार
ब्ल्याक सी मा तान्जानीयाको दुईवटा मालबहाक पानी जहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ ।
क्रिमिया नजिक ब्ल्याक सीमा मालबाहक पानीजहाजमा आगो लाग्दा ११ जनाको मृत्यु भएको सरकारी अधिकारीले बताएका छन् ।
पानी जहाजमा आगलागीपछि समुद्रमा हाम फालेका १४ जनालाई रुसी उद्धारकर्मीले उद्दार गरेका छन् । उद्धारको काम जारी छ ।
ग्यासको ट्यांकर बोकेको एउटा पानी जहाजमा आगो लागेपछि विस्फोट भएको थियो ।
सोही विस्फोटका कारण अर्को पानी जहाजमा पनि आगो लागेको बताइएको छ । दुई पानी जहाजमा १७ जना चालक दलका सदस्य थिए ।
एउटा पानी जहाजबाट अर्कोमा इन्धन राख्ने क्रममा आगलागी भएको हो ।
आगलागी भएपछि पानी जहाजका चालक दलका सदस्यहरु समुद्रमा हामफालेका हुन् ।
उनीहरु टर्की र भारतका हुन् । यस्तै अन्य १४ जनासमेत पानी जहाजमा रहेको बताइएको छ ।(एजेन्सी)