९ मंसिर २०८१, आईतवार
विश्वकै शक्तिशाली नौसेनाको अर्थात् नेभल गनको परिक्षण चीनले यसै महिनाको सुरुमा गरेको छ ।
यो हतियारको माध्यमबाट चीनले १ सय २४ माइल परको दुरीमा प्रति सेकेन्ड १.६ माइलको गतीमा आक्रमण गर्न सक्छ । यो हतियार प्रहार गरेको ९० सेकेन्डको अवधिमा वासिङटनबाट फिलाडेल्फिया पुग्न सक्ने बताइएको छ ।
यो हतियार २०२५ सम्ममा युद्धका लागि प्रयोगमा आउने अमेरिकी जासुसी प्रतिवेदनसँग जानकार स्रोतले बताएको छ ।
चीनको रेलगन पहिलो पटक २०११ मा देखा परेको थियो २०१४ देखि यसको परिक्षण सुरु भएको नाम नबताउने सर्तमा स्रोतले जनाएको सीएनबीसीले जनाएको छ ।
चिनियाँ रेलगनको मूल्य २५ हजारदेखि ५० हजार डलरसम्म पर्ने गुप्तचरको मूल्यांकनले देखाएको छ ।
अमेरिकी सेनाको टमहाक क्रुज मिसाइलको अनुमानित मूल्य १४ लाख सम्म पर्छ ।
अमेरिका र चीनबीचको तनाव उचाईमै पुगेको समयमा यो विषयको जानकारी बाहिरिएको हो ।
रेलगनले बारुदको सट्टा हतियार चलाउनका लागि इलेक्ट्रोम्याग्नेटिक उर्जा को प्रयोग गर्छ ।