९ मंसिर २०८१, आईतवार
भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान बिहारबाट नयाँदिल्ली जाँदै गरेको सीमाञ्चल एक्सप्रेसको रेल बैशाली भन्ने स्थानमा दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् ।
रेल विहान ४ बजे रेलका ९ वटा डिब्बा लिकबाट उछिट्टिएका दुर्घटनामा परेको हो ।
मृतक र घाइतेको संख्या बढ्ने सक्ने उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
रेल दुर्घटनाको कारण भने खुलेको छैन ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।