८ मंसिर २०८१, शनिबार
जनरल इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंक इन्टरनेसनलबीच बैंकास्योरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
इन्स्योरेन्स कम्पनी तथा बैंकबीच मंगलबार आयोजित एक कार्यक्रमबीच सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्ररेल र इन्स्योरेन्सका महाप्रबन्धक एसके तमोटले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले जनरल इन्स्योरेन्स कम्पनी नेपालले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा–सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन् ।