विश्वका सबैभन्दा धनी व्यक्ति बेजोसले लगाए एक पत्रिकामाथि ब्ल्याकमेल गरेको आरोप

होमल्याण्ड खबर

२०७५ माघ २५ गते, शुक्रबार १३:०९ मा प्रकाशित

ऐजेन्सीः विश्वका सबैभन्दा धनी व्यक्तिले एक पत्रिकामाथि आफूलाई ब्ल्याकमेल गरेको आरोप लगाएका छन् ।

नेसनल इन्क्वायरर पत्रिकाका मालिकले आफ्नो नग्न तस्वीर प्रकाशित गरिदिने भन्दै ब्ल्याकमेल गरेको आरोप विश्वका सबैभन्दा धनी व्यक्ति अमेजन कम्पनीका मालिक जेफ बेजोसले लगाएका हुन् ।

पत्रिका निकाल्ने कम्पनी अमेरिकन मिडिया इन्क (एएमआई) ले बेजोसको निजी सन्देश कसरी पायो भन्ने विषयमा गरिरहेका अनुसन्धान बन्द नगरेमा आपत्तिजनक अवस्थाका तस्वीर प्रकाशित गरिदिने धम्की दिएको बेजोसको आरोप छ ।

बेजोस र उनकी पत्नी म्याकेन्जीले अघिल्लो महिना डिभोर्स गर्ने बताएका थिए ।

बेजोसको विवाह सम्बन्धका विषयमा नेसनल इन्क्वायररले रिपोर्ट प्रकाशित गर्नुअघि यो घोषणा आएको हो ।

एएमआईको राष्ट्रपति डोनल्ड ट्रम्पसँग सम्बन्ध रहेको बेजोसले बताएका छन् । एएमआईले भने यस विषयमा प्रतिक्रिया दिएको छैन ।