९ मंसिर २०८१, आईतवार
एजेन्सीः रुसले चन्द्रमामा मानिस लैजाने योजना बनाएको कुरा आरआईए नोभोस्टि समाचार संस्थाले बताएको छ ।
रसियन सेन्ट्रल रिसर्च इन्सटिच्यूट अफ मेसिन बिल्डिङको दस्तावेजलाई उद्र्धृत गर्दै २०३१ सम्ममा मानिस लैजाने योजना बनाएको एजेन्सीले जनाएको हो ।
क्रु सदस्यहरुले चन्द्रमामा अन्तरिक्ष यात्रीको गतिविधि सञ्चालन गर्ने अपेक्षा गरेका छन् । त्यस्तै उनीहरुले रसियन एकेडेमी अफ साइन्सेसले निर्धारण गरेको कार्यलाई पनि कार्यान्वयन गर्ने अपेक्षा गरेका छन् ।
रुसले २०३२ मा अन्तरिक्ष यात्रीलाई पठाउनका लागि चन्द्रमामा रोभर पठाउने योजना पनि बनाएको छ । दोस्रो भ्रमणका टोलीले यो सवारीको परिक्षण गर्नेछन् ।
१ वर्षपछि अन्तरिक्ष यात्रीले वैज्ञानिक परिक्षण गर्न र रोबोटिक प्रणालीको परिक्षण गर्नका लागि चन्द्र रोभरमा लामो दुरीको भ्रमण गर्ने अपेक्षा गरेका छन् ।
रुसले २०३४ मा चन्द्र आधार (लुनार बेस) को निर्माण सुरु गर्ने र यसलाई २०३५ मा निरन्तरता दिने लक्ष्य निर्धारण गरेको बताएको छ ।