१० मंसिर २०८१, सोमबार
आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले ओमानको दोस्रो विकेट लिएको छ । टस हारेर त्रिवि क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको ओमानले ६ दशमलव २ ओभरमा दोस्रो विकेट गुमाएको हो । नेपालका लागि करण केसीले नै दोस्रो विकेट लिए । घरेलु दर्शकले हौसिएको नेपालले उत्कृष्ट प्रदर्शन गर्नै पहिलो ओभरमै ओमानको विकेट लिएको थियो । ओमानका ओपनर जितेन्दर सिंहलाई पहिलो ओभरको अन्तिम वलमा ४ रनमा आउट गरेका केसीले खवार अलीलाई आउट गरेका छन ।
लगातार विकेट गुमाइरहेको ओमान अझ दबाबमा परेको छ । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलिरहेको हो । त्रिवि किकेट मैदानमा कीर्तिपुरमा ओमानसँग खेल्दै नेपालले २०२३ मा हुने विश्वकपको यात्रा शुरु गर्नेछ । यसअर्थमा आजको दिन नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण मानिएको छ ।