सबै सामग्री रमनमै उपलव्ध हुनेछ

होमल्याण्ड खबर

२०७५ असार १३ गते, बुधबार १०:४९ मा प्रकाशित

देशमा नेता हुन् वा जनता सबैलाई समृद्धिको सपना देख्ने बानी परेको छ । समृद्धि शब्द सुन्न जति सुन्दर र सहज लाग्छ, प्राप्त गर्न त्यति नै चुनौतीपुर्ण । यस्तै चुनौती र जोखिमलाई नै जीवनशैली बनाएका रमन अमेरिकामै रमाउन सक्थे । तर चाहेनन् । १५ वर्षको अमेरिका अनुभव संगालेका रमनलाई विशवास छ अब विकसित मुलुकको हैसियतमा देशलाई पुर्याउन सकिन्छ । “इनोभेटिभ आइडिया”लाई काममा बदल्न रुचाउने रमनसँग होमल्याण्डले गरेको कुराकानी ः

 

प्राविधिक रुपमा तपाई मेकानिकल इञ्जिनियङ पृष्ठभुमि भएको मानिस अमेरिकामा पाएको अवसरलाई छाडेर किन फर्किनु भयो ?

स्वाभाविकै हो, अमेरिकमा मलाई धेरै अवसरहरु आएका थिए । मेकानिकल इञ्जिनियङको पृष्ठभुमि र फाइन्यान्सको पनि ज्ञान भएकाले उधमशीलताको
रहर जाग्यो । समृद्धि लागि उधोगको विकास नै अनिवार्य ठानी नेपाल फर्किएको हँु ।

अहिले नेपालमा व्यवसायमा अवसर र चुनौती दुवै किसिमको कुरा हुने गरेका छन् । तपाईले अमेरिकाबाट फर्किने बित्तिकै कस्तो पाउनु भयो ?
नेपालमै व्यवसाय गर्ने उर्जा बोकेर आउँदा व्यवसायिक बाताबरण केहि फरक हुनु त स्वाभाविकै छ । सबै कुरा सिस्टममा विश्वास गर्न सकिने अवस्था छैन । विशेष गरी मान्छेसँग डिल गर्न गाह्रो छ । किनभने यहाँ मान्छेहरु उत्तर दायी छैनन् । अमेरिकामा सबै सेल्फ मोटिभेटेड पाएँ । उनीहरुको कामप्रति लगाव हुन्छ । त्यसैले उत्पादकत्व समेत उच्च हुन्छ । हाम्रो देशमा पनि उत्पादकत्व बढाउन जरुरी छ ।

सुविधा कम भएकाले पनि कामदारको उत्प्रेरण र उत्पादकत्व कम भएको हो कि ?

सुविधा वा पारिश्रमिक कम भएर उत्पादकत्व कम हुने होइन । यहाँ मान्छेहरुको क्षमता र उत्पादकत्व नै कम छ । उत्पादकत्व कमजोर भयो पारिश्रमिक कम त भइहाल्छ नि । एउटा कम्पनीको मात्रै कुरा गर्दा पनि कसैले कसैलाई पारिश्रमिक आफैंले कमाउने हो । कम्पनीको उत्पादकत्व जति बढ्दै जान्छ, पारिश्रमिक पनि त्यहि अनुपातमा बढ्दै जाने हो ।

अमेरिकाबाट फर्किए पछि तपाई आफ्नो कम्पनीको अवस्थामा छिट्टै निक्कै सुधार गर्र्नु भो भन्ने सुनिन्छ यो कसरी सम्भव भयो ?
पहिला त हाम्रो कम्पनी धेरै सानो थियो । हामी ५० कम्पनी मध्येमा पनि थिएनौ । पछिल्लो चार बर्ष उत्कृष्ट तिनमा छौं । हाम्रो परिवर्तित व्यवस्थापन र का गर्ने नयाँ तरिकाले यहाँ पुर्याएको हो । खासगरी अवसरलाई कसरी गर्ने ? मानव स्रोतसाधनको परिचालन कसरी गर्ने ? भन्ने कुराले नै सफलता दिलाउने हो । यसका टुल्स र टेक्निक सुक्ष्म अवलोकनका साथ गर्नु पर्दछ । जो हामीले गर्यौं ।

यहाँले व्यवसायिक विकासका लागि मेसिनरी साधनमा नै जोड दिनु भयो ?
म फर्केर आउँदा यहाँ काम जति पनि थियो तर काम गर्ने उपयोगी मेसिनहरु थिएनन् । अहिले पनि हामीलाई कामको अभाव छैन । प्रशस्तै छ । बरु हामीले नै सबै काम लिन सकेका थिएनौं । तैपनि यसलाई संस्थागत रुपमा अगाडि बढाउने कोशिश गरिरहें । निर्माण व्यवसायसंगै यसलाई चाहिने मेशिनरी तिर पनि अवसर देखें । त्यसैले तिनलाई नेपालमा आयात गरेर बेच्न थालियो । अहिले नेपाल आर्मी र अरु प्रतिठिष्त निर्माण कम्पनीले पनि ती मेशिनहरु चलाएका छन् ।

नेपालमा अबको समय ने निर्माण लागि स्वार्णयु विशवास गरिन्छ । तर त्यसका लागि त पूर्वाधर पनि त हुनु पर्ला नि ?
हो, हामी ठयाक्कै त्यही कुरालाई सम्बोधन गर्दै छौ । जस्तो कि हामी कुनै प्रजेक्ट त गर्नै पर्छ तर प्रजेक्ट सकाउनको लागि त सामाग्री पनि समयर्मै पाउनुपर्यो । समयमा सकिएन भने नाफामा असर गर्छ । र समग्र उत्पादकत्वमा नै प्रभाव पर्दछ । सबै जनाले सर्बै सामान एकै ठाँउमा किन्दा कस्ट कम पर्छ । अर्को फाइदा समयको पनि बचत हुन्छ । हामी स्टक राख्नेछौं र समयमै उपलब्ध गराउनेछौं । अब निर्माणका लागि सामान कुनुपर्ने छैन । योजना अनुसार ढुक्क काम थाले भयो । सामान पाइहाल्छ नि भन्ने विश्वास दिलाउन सकछौं ।

वन स्टप सोलुसनको अवधारणमा कन्स्ट्रक्सन मार्ट खोल्नुभएको छ । ग्राकलाई के कस्ता सुविधाशहरु उपलब्ध हुन्छन् ?
अहिले नेपालमा मेशिन, उपकरण तथा सामग्रीका लागि धेरै तिर धउनु पर्ने बाध्यता छ । त्यसको समाधानका स्वरुप एकै ठाँउमा उपलब्ध हुने मार्टको अवधारण ल्याइएको हो । यो अवधारणामा काम विश्वमा कतै पनि भएको छैन । एउटा भौतिक पुूर्वाधार बनाउन चाहिने सबै निर्माण सामाग्री एकै ठाँउमा पाउने अवस्था
कहीं छैन । त्यसैले यस्तो अवधारण ल्याइएको हो ।

नेपालमा भएका अवसरलाई परिणममुखी बनाउन सुधार गर्नु पर्ने अन्य पक्ष पनि होलान् ती के के हुन् ?
काम गर्न केही झन्झट छन् । प्रणालीमा काम हुँदैन । बैंकहरुको पनि बुझाइ त्यति राम्रो छैन । उता हरेक काम प्रणालीमा हुन्छ । नेपालको भन्दा अवसर र चुनौती दुवै बढी छन् । किनभने ‘मार्केट स्याचुरेटेड’ छ । प्रतिस्पर्धा पनि उत्तिकै बढी छ । तर नेपालमा अवसर नै बढी छन् । केही नयाँ गरियो वा नयाँ तरिकाले प्रस्तुत गरियो भने ‘अनुसन्धनकर्ता’ भइन्छ । अरु भन्दा अलिकति फरक गरियो भने माथि आइहालिन्छ । नयाँ अवधारणा छ भने नेपालमा अवसर उच्च छ । ब्रान्डिङको अवधारणाले मात्रै पनि नेपालमा व्यवसाय फस्टाउन सक्ने अवस्था छ ।
अब रनर बाइक बारेमा भन्नुस न ।
हामी बाइक व्यवसायमा पहिलेदेखि नै संलग्न थियौं । एउटा राम्रो अवसर आयो । यस्तो अवसर कहिलेकाहिँ आउने हो । त्यसैले लिइहालेका हौं । यो बाइकको ६ वर्ष वारेन्टी छ । यसले हामीलाई आत्मविश्वास बढाएको हो । बंगलादेश र नेपालको संस्कृति पनि मिल्दोजुल्दो छ । रुची पनि समान छ । यसको डिजाइन र लुक्स नेपालीहरुले मन पराउने खालको छ । यसको मूल्य पनि सुपथ छ । सुरुवाती मूल्य झन् सुपथ हुन्छ । ऊर्जा खतप पनि राम्रो छ । सवै ठाउँमा सर्विस र पार्ट पाउने अवस्था सिर्जना गरिएको छ । हाम्रो वितरण नेटवर्क राम्रो छ । १८ ठाउँमा डिलर भइसके । यो वर्ष हामीले ४० सम्म पु¥याउने लक्ष्य लिएका छौं ।

नयाँ काम शुरु गर्दै हुनु हुन्छ ब्रान्डिङलाई कत्तिको महत्व दिनु पर्ने ठान्नुहुन्छ ?
नेपालमा मानिसहरु त्यति धेरै त ब्रान्ड कन्सियस भए जस्तो लाग्दैन । ब्रान्डप्रतिको बुझाइ पनि गलत छ । ब्रान्ड भन्ने बित्तिकै सबै उच्च गुणस्तरीय हुनुपर्छ भन्ने छैन । ब्रान्ड भनेको ‘रिपिटेशन’ हो । त्यसैले हामी स्थानीय ब्रान्ड सिर्जना गर्न सक्छौं । सकेुवा कुरा गरौं न नेपालका हरेक रेस्टुरेण्टमा सेकुवा पाइन्छ । धेरैले मिठो पनि बनाउँछन् होला । तर, सेकुवा भन्नेवित्तिकै कुनैे स्थानीय सेकुवा पसल बुझिन्छ । तर त्यही सेकुवा स्थापित हुनुको कारण गुणस्तर मात्रै होइन, ब्रान्डिङ हो । एउटै ब्राण्डमा धेरै ठाउँमा खुल्ने बित्तिकै ग्राहकले हेर्ने दृष्टिकोणमा फरक आउँछ । अर्को तर्फ विज्ञापन पनि यसैले सिर्जना गर्दै जान्छ । म त धेरै खर्च देख्दिनँ । ब्रान्डिङका लागि धेरै नयाँ अवधारणा ल्याउन जरुरी छैन । एउटै काम गरौं, त्यो हो ‘रिपिटेशन’ । रेस्टुरेण्टकै कुरा गर्दा एक ठाउँ होइन, सोही नाउँमा १० ठाउँ खोल्ने हो । त्यसलाई उचित तरिकारले व्यवस्थापन गर्ने हो । एउटा कुनै व्यवसाय काठमाडौंमा सफल छ भने पोखरा, धरान, चितवनमा पनि हुनुपयो । मान्छेलाई के लाग्छ भने यहाँ पनि रहेछ ! राम्रो सेवा र गुणस्तरको अपेक्षा त्यसपछि जोडिने हो ।