९ मंसिर २०८१, आईतवार
वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज ललितपुरमा सांकेतिक रुपमा तानिने भएको छ ।
हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार आज दिउँसो साढे २ बजे रथ तानिँदै छ ।
साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए ।
ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्ले बताए ।
मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो ।
गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।
गत वर्ष पनि कोरोना महामारीका कारण समयमा रथयात्रा हुन सकेको थिएन । रथयात्राको क्रममा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । झडको क्रममा केही घाइते समेत भएका थिए ।