९ मंसिर २०८१, आईतवार
कति पिडा सम्झदा तिमीले संसार छोड्दा ।
हामीसँग नाता तोडी भगवान सँग जोड्दा ।।
हामीसँग नाता तोडी भगवान सँग जोड्दा ।।।
तिम्रो तस्विर ति शब्दले यो मन साह्रै पोल्छ।
जब आँखा चिम्लन्छु म तिम्रो तस्विर बोल्छ ।।
जब आँखा चिम्लन्छु म तिम्रो तस्विर बोल्छ ।।।
जलन हुन्छ भाइलाई गुमाएको सम्झदा खेरी।
आमा छिन छिन समालिनुथ्यो सानो भाइ हेरी।।
आमा छिन छिन समालिनुथ्यो सानो भाइ हेरी।।।
नरोउ भन्दा झन ठूलो स्वरमा रैछ डाको फुट्ने ।
जिवन भन्नु यस्तै रैछ जोडिएर छुटने ।।
जिवन भन्नु यस्तै रैछ जोडिएर छुटने ।।।
सबलाई पिडा सबलाई जलन सम्हाल्ने कोही छैन।
बाबालाई नि सानो चोट परेको चाही हैन्।।
बाबालाई नि सानो चोट परेको चाही हैन्।।।
किन होला दैव पनि त्यति निष्टुरी हुने ।
तिमी खुसी हुँदा मात्र सारा संसार रुने ।।
तिमी खुसी हुँदा मात्र सारा संसार रुने ।।।
तिम्रो अन्तिम सास पनि मेरै काखमा लियौ।
हाम्रो खुसी लुटि लाने दैव तिमी थियौं ।।
हाम्रो खुसी लुटि लाने दैव तिमी थियौं ।।।
भन्थ्यौ दिदी तिम्रो मेरी पिडा बुझ्ने कस्ले ।
हामी अन्जान वालकलाई माया गर्ला जस्ले ।।
हामी अन्जान वालकलाई माया गर्ला जस्ले ।।।
तिम्रै यादमा लेखेकी छु कयौ कविता कथा।
मनमा छ है मनमै राख्छु कस्लाई सुनाउ व्यथा ॥
मनमा छ है मनमै राख्छु कस्लाई सुनाउ व्यथा ॥।
आमा बुवा मुस्कराउदा यो मन त्यसै दंग।
मनमा छ है धेरै कुरा सुनाउ को सँग ।।
मनमा छ है कयौं चोट सुनाउ को सँग ।।।