न्याय पाउने आशासहित मातृभूमि फर्किए धुर्मुस

होमल्याण्ड खबर

२०८३ जेष्ठ २४ गते, आईतवार १०:३१ मा प्रकाशित

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले न्याय पाउने आशासहित मातृभूमि फर्किएको बताएका छन् ।

अमेरिकामा रहँदै आएका कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्– ‘न्याय अवश्य मिल्ने छ भन्ने पूर्ण आशा र अटल विश्वास बोकेर आफ्नै मातृभूमिको आँगनमा फर्किएको छु।’

उनले थप लेखेका छन्– ‘आशा छ, न्यायको अनुभूति गर्दै आफ्नै माटोको काखमा सुख-दुःख साटेर जीवनका घाउहरू निको पार्ने अवसर अवश्य प्राप्त हुनेछ।’