सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

होमल्याण्ड खबर

२०८३ आश्विन २८ गते, बुधबार १५:५८ मा प्रकाशित

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ।

मन्त्रालयले भूमि व्यवस्था,सहकारी,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाउँदै स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्थाबमोजिम राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन सम्बन्धित निकायमा समन्वय गर्न अनुरोध गरेको हो।
पत्रमा नेपाल सरकारका मन्त्रालय,सचिवालय,आयोग,प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पत्राचार, समन्वय र सहजीकरण गरिदिन आग्रह गरिएको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित गर्दै सरकारी सेवामा कार्यरत कर्मचारीको स्वास्थ्य बीमामा आबद्धता विस्तार गर्ने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको हो।

सरकारी अस्पतालका कर्मचारीलाई  पनि

मन्त्रालयले सरकारी अस्पताल,स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अन्य सङ्घीय निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन पत्राचार गरेको छ।

मन्त्रालयले स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा भएको व्यवस्था बमोजिम कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन सम्बन्धित निकायलाई समन्वय तथा सहजीकरण गर्न अनुरोध गरेको हो।

पत्रमा विभाग,प्रतिष्ठान र अस्पतालमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक पहल गर्न भनिएको छ।
सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने उद्देश्यले मन्त्रालयले यस्तो पहल गरेको हो।