चलचित्र कलाकार संघको निर्वाचन स्थगित

होमल्याण्ड खबर

२०८२ चैत्र २३ गते, सोमबार १३:१६ मा प्रकाशित

चलचित्र कलाकार संघको निर्वाचन स्थगित भएको छ । चैत २८ गतेका लागि तोकिएको निर्वाचन स्थगन गरिएको हो ।

संघको तर्फबाट प्रमाणित नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसकिएका कारण पूर्वनिधारित समयमा साधारणसभा गराउन नसकिएको संघका अध्यक्ष मोहन निरौलाले बताएका छन् ।

चैत २८ गते संघको साधारणसभा र नयाँ कार्यसमितिको निर्वाचन हुने कार्यतालिका थियो । अर्को सूचना नहुँदासम्मका लागि साधारणसभा र निर्वाचन नहुने अध्यक्ष निरौलाले जानकारी दिएका छन् ।

उत्तम केसी, सवीन श्रेष्ठलगायत कलाकार आउँदो कार्यकालका लागि संघको अध्यक्षमा दाबी गरिरहेका छन् ।