मेरी आमा मैले संसार देखेको दिन..

होमल्याण्ड खबर

२०७८ श्रावण ५ गते, मंगलवार ०७:४७ मा प्रकाशित

आमा तिमीले नौ नौ महिना कोखमा बास दियौ ।
त्यतिन्जेल आमा तिमीले कति आँशु पियौ।।
थाहा छैन त्यो दिन आमा कति खुसी थियौ।।।

मन खिन्न पार्दै आमा !रोयौ कि कुना फर्केर ।
फेरी पनि छोरी भन्दै !कोही बोल्यो कि झर्केर।।
तिमीलाई जलन भए होला आमा नहेरी हिड्दा तर्केर।।।

बुवाको मनमा के थियो कुन्नि छोरीले धर्ति टेक्दा ।
मनमा के के भोयो कुन्नि छोरीको स्वरूप देख्दा ।।
के के लेखे भावीले पनि ६ दिनको दिनमा लेख्दा।।।

मलाई संसार देखाउदा आमा कति आँशु पियौ।
न त बुबा दोषी आमा न त तिमी थियौ ।।
मनै भाग्य मानी आमा तिमीले संसार दियौ ।।।
मनै भाग्य मानी आमा तिमीले संसार दियौ ….