९ मंसिर २०८१, आईतवार
आमा तिमीले नौ नौ महिना कोखमा बास दियौ ।
त्यतिन्जेल आमा तिमीले कति आँशु पियौ।।
थाहा छैन त्यो दिन आमा कति खुसी थियौ।।।
मन खिन्न पार्दै आमा !रोयौ कि कुना फर्केर ।
फेरी पनि छोरी भन्दै !कोही बोल्यो कि झर्केर।।
तिमीलाई जलन भए होला आमा नहेरी हिड्दा तर्केर।।।
बुवाको मनमा के थियो कुन्नि छोरीले धर्ति टेक्दा ।
मनमा के के भोयो कुन्नि छोरीको स्वरूप देख्दा ।।
के के लेखे भावीले पनि ६ दिनको दिनमा लेख्दा।।।
मलाई संसार देखाउदा आमा कति आँशु पियौ।
न त बुबा दोषी आमा न त तिमी थियौ ।।
मनै भाग्य मानी आमा तिमीले संसार दियौ ।।।
मनै भाग्य मानी आमा तिमीले संसार दियौ ….