९ मंसिर २०८१, आईतवार
कहिल्यै विर्सन नसक्ने ।
आजको त्यो कालो दिन थियो ।।
उस्लाई त दैवले लियो।
हामीलाई त सधैंको लागि ।।
पुग्ने गरी आँशु दियो।
सत्य त्यहीँ मृत्यु थियोे ।
घाउ एक चोट अनेक दियो।।
दिउसै त्यो कस्तो अन्धकार थियो।
हामीलाई त सधैंको लागि ।।
पुग्ने गरी आँशु दियो।
देख्दा हर सपनीमा।
उ म भन्दा धेरै टाढा थियोे ।।
समाउन खोज्दा उस्को हात।
मात्र उस्ले सान्तवना दियो।।
कहिल्यै नआवस त्यो दिन।
जो दिउसै अन्धकार थियो।।
ज्ञानको भण्डार उ सँग थियो।
त्यसैले त दैवले उसैलाई रोजी दियो।।
संझन चाहान्न भन्छु त्यो दिन।
त्यो कस्तो दिउसै अन्धकार थियोे ।।
नदेखिने घाउ छ तर पिडा सधैंलाई पुग्ने दियो।