४ चैत्र २०८२, बुधबार
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले उठाउने उम्मेदवारले राष्ट्रपति जित्ने बताएका छन्।
सुर्खेतमा आइतबार आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री शर्माले संसद्को सबैभन्दा ठूलो दल कांग्रेसको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने बताए ।


संसद्को सबैभन्दा ठूलो दल भएर पनि कांग्रेसले आफ्नै कारणले सत्ता गुमाएको बताउँदै महामन्त्री शर्माले राष्ट्रपति निर्वाचननमा सुजबुझपूर्ण निर्णय लिएर पार्टी उम्मेदवारलाई जिताएको सुखद् समाचार सुनाउने गरी आफूहरू लागिरहेको बताए ।
केही सामान्य घटनाले नेकपा एमालेसँग नेकपा माओवादीले गठबन्धन गरी सरकार बनाए पनि चुनावका बेला गरिएको कांग्रेससँगको गठबन्धनका आधारमा माओवादीले कांग्रेसलाई राष्ट्रपतिमा सहयोग गर्ने दाबी गरे ।