एमाले केन्द्रीय कमिटी बैठक- ओलीको राजनीतिक प्रतिवेदनमा छलफल जारी

होमल्याण्ड खबर

२०८३ आश्विन ६ गते, मंगलवार ११:२५ मा प्रकाशित

नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको छलफल सुरु भएको छ।

बैठको पहिलो दिन सोमबार अध्यक्ष केपी शर्मा ओलीले ८८ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

आज दोस्रो दिन मंगलबार त्यस प्रतिवेदनमा केन्द्रीय सदस्यले धारणा राख्न सुरु गरेका छन्।  हरेक केन्द्रीय सदस्यलाई धारणा राख्न बढीमा तीन मिनेटको समय छुट्टयाइएको छ ।

अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जनाएका छन् । बैठकले केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनय,विभागहरुको गठन,पोलिटव्यूरो गठन,स्थायी कमिटीको गठन समेत गर्ने छ ।