गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिनुपर्ने कांग्रेससँग राप्रपाको माग

होमल्याण्ड खबर

२०८१ जेष्ठ ४ गते, शुक्रबार १५:१७ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्‌मा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गर्न दिनुपर्ने माग राखेको छ । शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा माग अघि सारेको राप्रपाका संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

उनले संसद्‌मा गृहमन्त्रीलाई बोल्न दिने माग गरेको बताउँदै सदनमा बोल्न दिएपछि मात्रै संसद्‌मा थप छलफल हुने भन्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको बताए ।

गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको माग लिएर संसद्‌मा एक्लै अवरोध गर्दै आइरहेको कांग्रेसले शुक्रबार विपक्षी दलहरूको पनि साथ खोज्दै छलफल अघि बढाएको थियो । तर अन्य दलहरूले कांग्रेससँग मिलेर अघि बढ्ने वा नबढ्नेमा कुनै निष्कर्ष नदिएको शाहीले जानकारी दिए ।