११ आश्विन २०८३, आईतवार
वीरगञ्ज महानगरपालिकाले अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’, ब्यानर तथा प्रचार सामग्री हटाउन सुरु गरेको छ । महानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, सडक तथा विद्युत् संरचनाको व्यवस्थापन र सहरको सौन्दर्य कायम गर्ने उद्देश्यअनुरुप सार्वजनिक विद्युत्का खम्बा तथा सार्वजनिक स्थानमा नियमविपरीत राखिएका अनधिकृत होर्डिङ बोर्ड, ब्यानर तथा प्रचार सामग्री आजदेखि हटाउन सुरु गरेको हो ।
महानगरपालिकाले सञ्चालन गरेको अभियानअन्तर्गत वीरगञ्जका मुख्य सडक, चोक तथा विद्युत्का खम्बामा अनुमति नलिई राखिएका प्रचार सामग्री हटाउने कार्य तीव्र पारिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “महानगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने दायित्व हामी सबैको हो, त्यसैले सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर सहरी सौन्दर्य बिगार्ने र अनुमतिविना विज्ञापन राख्ने छुट कसैलाई छैन ।”


महानगरपालिकाले कुनै पनि अनुमति नलिई सार्वजनिक स्थानमा होर्डिङ बोर्ड, ब्यानर तथा अन्य प्रचार सामग्री नराख्नसमेत सम्बन्धित व्यक्ति तथा संस्थालाई अनुरोध गरेको छ ।
अहिले सडक डिभिजन कार्यालय हेटौँडाले वीरगञ्जको मुख्य सडकलाई आगामी दसैँअघि पूर्ण रूपमा सफा र व्यवस्थित बनाइने उद्देश्यअनुरुप त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५-२५ मिटर दायाँ-बायाँ विस्तार गर्ने उद्देश्यअनुसार घरहरु भत्काउने काम सम्पन्न गरेको छ ।