चोलेन्द्रको अवस्था बुझ्न मानवअधिकार आयोगको टोली टेकुमा

होमल्याण्ड खबर

२०८३ आश्विन ११ गते, आईतवार १३:२४ मा प्रकाशित

राष्ट्रिय मानवअधिकार आयोगको टोली पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न टेकुस्थित उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय पुगेको छ ।

प्रहरीले जबरलाई ‘सुरक्षा थ्रेट’ भन्दै आइतबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई टेकुस्थित उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय राखिएको छ ।

जबरालाई कुनै पक्राउ पुर्जी दिइएको छैन र अदालतबाट पनि अनुमति मागिएको छैन । यसैबीच आयोगको टोली उनको अवस्था बुझ्न टेकु पुगेको हो ।