१८ आश्विन २०८३, आईतवार
नेपाली कांग्रेस वाग्मती प्रदेशका सभापति इन्द्र बानियाँले १५औँ महाधिवेशनपछि पार्टीले जनतालाई केन्द्रमा राखेर आफ्नो गतिविधि अघि बढाउने बताएका छन्।
कांग्रेसको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले संविधानका उपलब्धिको संरक्षणका लागि कांग्रेस अझ सशक्त भएर अघि बढ्ने धारणा राखे।


“१५औँ महाधिवेशनपछि नयाँ उत्साहका साथ कांग्रेस जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्छ,” उनले भने।
राष्ट्रिय राजनीतिमा पनि कांग्रेसले सहमति, सहकार्य र समझदारीलाई आधार बनाएर नयाँ ऊर्जाका साथ अघि बढ्ने बानियाँको भनाइ थियो।