२३ आश्विन २०८३, शुक्रबार
सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको छ।
गम्भीर सूचना चुहाएको आरोपमा सरकारले निलम्बन गरेका एआईजी दाहाललाई बर्खास्तै गर्न छानबिन समितिले गृह मन्त्रालयमा सिफारिस गरेको हो।


एआईजी दाहालबारे छानबिन गर्न गृह मन्त्रालयले गत सोमबार गठन गरेको समितिले बिहीबार गृह मन्त्रालयमा आफ्नो प्रतिवेदन बुझाएको हो।
जसमा एआईजी दाहालाई पदबाट बर्खास्त गर्न गृहमन्त्री सुधन गुरुङसमक्ष सिफारिस गरिएको हो।
अब उनलाई गृहमन्त्रीले बर्खास्तको निर्णय पनि गर्नसक्ने गृह स्रोतले बतायो ।