२१ कार्तिक २०८३, शुक्रबार
नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ भने चाँदी ११० रुपैयाँले सस्तिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।


त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला ३ हजार ८१० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदी प्रतितोला ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो।
शुक्रबारको मूल्य समायोजनसँगै नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको हो।