आज १९ सय रुपैयाँले घट्याे सुनकाे मुल्य

होमल्याण्ड खबर

२०८३ मंसिर २ गते, मंगलवार ११:१३ मा प्रकाशित

मंगलबार नेपाली बजारमा सुनको भाउ थप घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको हो ।

सोमबार २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर ३४९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।