२ मंसिर २०८३, मंगलवार
मंगलबार नेपाली बजारमा सुनको भाउ थप घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको हो ।
सोमबार २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस्तै आज चाँदीको भाउ तोलामा ३० रुपैयाँले घटेर ३४९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।