स्थानीय तह निर्वाचनको पूर्वतयारी र पार्टी सुदृढीकरणका लागि नेपाली कांग्रेसलेको ‘हामी तयार छौँ’ अभियान मंगलबारदेखि सुरु हुँदैछ ।
पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित ंहामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ ।


कांग्रेसको यो अभियान मंसिरभर सञ्चालन हुनेछ । १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार अभियान सञ्चालन गर्न लागिएको हो ।
अभियानअन्तर्गत सबै जिल्ला र सबै वडामा कार्यक्रम हुनेछन् । अभियानमा वडा तहदेखि केन्द्रसम्मका कार्यसमिति सदस्य र क्षेत्रीय प्रतिनिधिसहित तीन लाख नेता–कार्यकर्ता परिचालित गर्ने कांग्रेसको लक्ष्य छ ।
‘हामी तयार छौँ’ अभियान पार्टीका तल्लो तहका कार्यकर्ता, स्थानीय तह तथा आमजनतासम्म पुग्ने बृहत् अभियान रहेको महामन्त्री डा. डिला संग्रौलाले बताइन् । पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाका बनाउन अभियान सुरु गर्न लागिएको पनि उनले बर्तान् ।
निर्वाचन नजिकिँदै गरेकाले अभियान स्थानीय तह निर्वाचनलक्षित हुने उनले बताइन् ।




