आज सुन-चाँदीको मूल्यमा गिरावट

होमल्याण्ड खबर

२०८३ मंसिर ४ गते, बिहीबार ११:१४ मा प्रकाशित

नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। सुन ३ हजार ३०० र चाँदी ४५ रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुन प्रतितोलाको २ लाख ५७ हजार ६०० कायम भएको छ। अघिल्लो दिन बुधबार एक तोला सुनको मूल्य २ लाख ६० हजार ९०० पुगेको थियो।

महासंघका अनुसार आज चाँदी तोलाको ३ हजार ३३५ रुपैयाँमा झरेको छ। बुधबार सोही परिमाणको चाँदी ३ हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको थियो।

तिहारपछि सुन-चाँदीको मूल्य निरन्तर गिरावट आएको हो।