४ मंसिर २०८३, बिहीबार
सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेको हो ।
यस दिन सूचक सामान्य अंकले बढेर बजारमा हरियाली छाए पनि कारोबार रकम भने घटेको छ । लगानीकर्ताले तीन अर्ब ८७ करोडको मात्रै कारोबार गरेका छन् ।


कारोबारमा आएका ३४७ कम्पनीमध्ये १३८ वटाको मूल्य बढ्दा १३२ वटाको घटेको छ । बाँकी १० वटाको मूल्य स्थिर रह्यो ।
सर्वाधिक कमाउनेमा बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई) लगायतका कम्पनी छन् ।
यस्तै, सर्वाधिक घट्नेमा भने एभरेष्ट कलर रहेको छ । यो कम्पनीको ५.४५ प्रतिशतले मूल्य घटेको हो ।
यता, लगानीकर्ताले सबैभन्दा धेरै कारोबार एनआईसी एसिया बैंकको गरेका छन् । लगानीकर्ताले बैंकको १६ करोडबराबरको सेयर कारोबार गरेका हुन् ।