४ मंसिर २०८३, बिहीबार
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच शक्ति संघर्ष चलिरहेको दाबी गरेका छन्।
दैलेखमा आयोजित नेकपाको राष्ट्रिय जागरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले सर्वोच्च अदालतमा हालै भएको न्यायाधीश नियुक्ति र प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तनलाई रास्वपाभित्रको शक्ति संघर्षसँग जोडेका हुन्।


लामिछाने र शाहबीचको खिचातानी पार्टीभित्र सीमित नरहेको उनको भनाइ थियो।
पूर्वप्रधान न्यायाधीश, सचिव तथा उद्योगी-व्यवसायी पक्राउ परेका प्रसंग उल्लेख गर्दै पुनले सरकारले कानुनी विधि र प्रक्रिया मिचेको आरोप लगाए। कतिपयलाई पक्राउ गरेर पछि छाडिएको भन्दै उनले सरकारी कारबाहीको आधारमाथि प्रश्न उठाए।