दिल्ली पुगे प्रधानमन्त्री बालेन, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत

होमल्याण्ड खबर

२०८३ मंसिर ७ गते, आईतवार १६:२० मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह बालेन २ दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।

दिल्लीस्थित इन्दिरागान्धी विमानस्थलमा बालेनलाई भारतीय राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन् । जितिन प्रसाद भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री हुन् ।

विमानस्थलमा सांस्कृतिक झाँकी र सेनाको टुकडीले प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरिएको हो ।

बालेन विमानस्थलबाट सिधै ताजमहल होटलमा जाने कार्यक्रम छ । आज उनले भारतीय विदेशमन्त्री डा। एस जयशंकरसँग भेटवार्ता गर्नेछन् ।

महत्त्वपूर्ण भेटवार्ता भोलि मात्र हुनेछ ।