१३ मंसिर २०८३, शनिबार
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वैकल्पिक आवासको व्यवस्था नगरी सुकुमबासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा राणाले उक्त निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै लेखेका छन्, ‘घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।’

