एसईई फेशनिष्ट कार्यक्रम सम्पन्न

होमल्याण्ड खबर

२०७६ जेष्ठ २१ गते, मंगलवार १३:३४ मा प्रकाशित

न्यु राइज इन्टरप्राइभेट लिमीटेडद्वारा काठमान्डौमा एसईई फेशनिष्ट कार्यक्रम सम्पन्न भएको छ । विगत दुई वर्षदेखि आयोजना हुदै आएको इभेन्टले यस वर्ष एसईई फेशनिष्ट आइकन नेपालको उपाधि ऐश्वर्या क्षेत्रीले हात पारेकी छिन् भने लिटिल फेशनिष्ट आइकन नेपालको उपाधि अरान्जल, क्रिपाल र समिक्षाले हात पार्न सफल भएका हुन् ।

यस्तै फस्ट रनर अप सुजता र अवाशिष श्रेष्ठले हात पारेका छन् भने सर्वािधक चर्चित मिस पपुलर सिर्जन गोले र स्वस्तीका भुजेलले हात पार्न सफल भएका हुन् । न्यु राइज इन्टरपाइभेट लिमीटेडद्वारा कार्यक्रम बालबालिकाहरुको सिजर्नात्मक आत्मविश्वास तथा व्यक्तित्व विकासमा टेवा पु¥याउने उद्देश्यले आयोजना गर्दै आएको हो । उक्त कार्यक्रमलाई आगामी दिनहरूमा अझै राम्रो गर्ने अठोट रहेको आयोजक टिमले बताएका छन् ।