८ मंसिर २०८१, शनिबार
हाल टेलिकास्टमा रहेको टेलिभिजन रियालिटी शो आईएमई नेपाल लोक स्टारमा अब टप ६ का लागि सांगीतिक प्रतिस्पर्धा गर्दै छन् । यस चर्चीत शो लोक स्टारको टप ७ मा पुग्न सफल भएका एक प्रतिस्पर्धी हुन् उदयपुर ७ रिस्कु कटारी घर भएका विनोद दनुवार । राम्रो स्वरका धनी उनी मेहनतका कारण धेरै प्रतिस्पर्धीबाट छानिदै टप ७ मा पुगेका हुन् । लय र तालमा गाउन निपुर्ण रहेका विनोदलाई निर्णायकहरुले पनि मन पर्ने गाएकको रुपमा लिएका छन् ।
१२ बर्षकै उमेर देखी सांगीतिक यात्रा सुरु गरेका विनोदले यस चर्चीत शो सम्म आईपुग्न धेरै कठिनाई भोग्नु परेको बताउछन् । स्कुलमा पढ्दा हरेक कार्यक्रममा गाउन सहभागी हुने र शिक्षकहरुले पनि आफुलाई राम्रो साथ र सहयोगी भुमिका निभाएको अनुभव उनी सुनाउछन् ।
गरिब परिवारमा जन्मेका विनोद आर्थिक अभावका कारण केहि बर्ष विदेशीनु परेको पिडा समेत पोख्छन् । विदेशीनुको बाध्यता भुल्दै उनले गायन क्षेत्रमानै आफ्नो भबिष्य अगाडी बढाउने निर्णय गरेरे यो यात्रामा लागेको बताए ।
उनले AP1 को यो चर्चीत शो ले आफ्नो सपना पुरा गर्ने बिश्वास लिएका छन् । उनले यस नेपाल लोक स्टारमा आफुले सक्दो मेहनत गरेर गाउने र सबै दर्शकहरुको मनमा बस्न सफल हुने अठोट राखेका छन् ।
उनले आफ्नो गायन मन पराउने दर्शकहरुलाई L13 टाईप गरी 3700 मा म्यासेज गरी सहयोग गरीदिन पनि अनुरोध गरेका छन् ।