८ मंसिर २०८१, शनिबार
तिहारमा पटाका आयातमा कडाइ गर्नका लागि उपत्यका छिर्ने विभिन्न नाकामा कडा सुरक्षा जाँच हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजनमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी जिवन आचार्यले बताए ।
तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजी, पटाका जस्ता प्रज्वलनशीत पदार्थको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा नियन्त्रण गरिने उनले जानकारी दिए । यसैगरी, घरधनीको स्वीकृति लिएर बिनाकरकाप राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने उनले प्रष्ट पारे ।
चाडपर्वलाई लक्षित गरी कालोबजारी हुन सक्ने भएकोले वाणिज्य विभागसँग समन्वय गरी बजार अनुगमन गरिने उनले जानकारी दिए । चाडपर्वमा चोरी, डकैती , लुटपाट हुने भएकोले सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइने उनले जनाए । जुवा, तास जस्ता खेलमा अवाञ्छित क्रियाकलाप हुन नदिन २४ घण्टा उच्च निगरानी बढाइने उनले प्रष्ट पारे ।